• TOKHA LIVE

    • ११ आश्विन २०७९, मंगलवार ०८:३८

    शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल अस्पतालमा

    टाेखालाइभ डट कम/ असोज ११,२०७९

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष तथा संस्कृतिविद्
    सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले शताब्दी पुरुष जोशी डेंगी संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिएका थिए ।

    चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका पोखरलेको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै