टाेखालाइभ डट कम/ असोज ४,२०७९
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।
काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेमा प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु छन् । उनीहरु नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानीलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भएका छन् ।




