टाेखालाइभ डट कम/ असोज ३,२०७९
काठमाडौं । संविधानविरूद्ध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।




