• TOKHA LIVE

    • २ आश्विन २०७९, आईतवार १४:४३

    रहेनन् वरिष्ठ पत्रकार देवेन्द्र गौतम

    टाेखालाइभ डट कम/असोज २ ,२०७९

    काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बिहान देहान्त भएको छ । पत्रकार गौतमको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।

    सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति ७७ वर्षीय गौतमलाई कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई निमोनिया देखिएपछि आइसियुमा उपचार गरिँदै भेन्टिलेटरमाराखिएको थियो ।

    पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उहाँले सदा प्रजातन्त्रका पक्षमा कलम चलाउनुभएको थियो । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा उहाँले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेख्नुभएको थियो ।

    उहाँलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ ।उहाँका आज बिहान पशुपति आर्यघाटमा अन्त्य अन्त्येष्ति गरिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै