• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ भाद्र २०७९, शुक्रबार १९:४९

    महिला साफ च्याम्पियनसिपः भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

    टोखा लाइभ । ३१ भदौ २०७९

    काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।

    घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

    पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गरेको गोल नै निर्णायक बनेको हो। यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ।

    महिला साफको इतिहास भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। यसअघि नेपालले महिला साफमा भारतलाई पराजित गर्न सकेको थिएन।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै