• TOKHA LIVE

    • २४ भाद्र २०७९, शुक्रबार २०:२७

    साफ यू-१७ च्याम्पियनसिप : भारतमाथि नेपालको सानदार जित

    टोखा लाइभ। २०७९ भदौं २४ गते।

    कोलम्बो । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई हराएको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकालेको हो । सुरुमा गोल खाएको अवस्था उल्टाउँदै नेपालले तीन गोल थप्न सफल भयो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोलले हराएको थियो ।

    भारतले ३–० गोलले हराएको थियो । नेपालसँग पराजित भएको भारत समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। शुक्रबार भारतले नेपालविरुद्ध पहिले अग्रता लिएको हो । भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।

    ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३–१ मा पुर्‍यायो। अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै