टोखा लाइभ ,२०७९ भदौ २२ बुधबार ।
काठमाडौं उपत्यकामा आजदेखि यरापुन्ही सुरु भएको छ । बिहान ७ बजेर १७ मिनेट जाँदा वसन्तपुरमा यःशी ठड्याएर जात्राको सुरुवात गरिएको हो । आठ दिनसम्म चल्ने यो जात्राका क्रममा हरेक दिन फरक–फरक नेवारी नाच, झाँकी र संस्कृति प्रस्तुत गरिन्छ ।
यरापुन्ही अवधिभर वसन्तपुर क्षेत्रमा उत्सवमय जात्रा र नाचगान प्रस्तुत गरिन्छ। यस क्रममा लाखे, पुलकिशी, कुमारी, भैरव, गणेश, देवी, इन्द्र, दश अवतारलगायतको जात्रा देखाइने गरिन्छ ।

