• TOKHA LIVE

      TOKHA LIVE

    • १९ भाद्र २०७९, आईतवार १९:१५

    बालप्रेमी खेलकुद मण्डल द्दारा खेलाडी सम्मान तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन

    टोखा लाइभ । २०७९ भदौं १९ गते।

    बालप्रेमी खेलकुद मण्डलको अधिवेसन तथा खेलाडी सम्मान र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । क्लबका सभापति राम डंगोलको सभापतित्वमा भएको कार्यक्रम क्लबकै मार्गदर्शक सरस्वती भुपू गाविस अध्यक्ष बाबुलाल डंगोल र उपाध्यक्ष गजराज श्रेष्ठ र नगर प्रमुख प्रकाश अधिकारीको आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रम प्रमुख अतिथिले व्यानरमा लेखिएको अक्षर पढेर पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । साथै प्रमुख अतिथीले बोल्दै अब हामी युवाहरुले अरुलाई भन्नु भन्दा पनि आफै सचेत भएर अबका दिनहरुमा विदेश पलायन नभई आफ्नै टोखामा खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताएका थिए । हामी विदेशमा पसिना बगाउन होइन अध्ययन अवलोकन गरी नयाँ कुरा सिक्न र त्यहाँ देखेका कुरालाई हामीले व्यवहारमा लागु गर्न सक्नु पर्ने बताएका छन् ।

    यसै गरी सरस्वती गाविसका भुपू अध्यक्ष बाबुलाल डंगोलले क्लबमा निर्वाचित हुने साथीहरुले क्लबलाई नयाँ भिजनका साथ सञ्चालन गरी अघि बढ्न आग्रह गर्दै आफु रहेसम्म क्लबलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । साथै संस्थापक पुर्व अध्यक्ष गजराज श्रेष्ठले यो क्लबमा आवद्ध भएका थुप्रै युवाहरु सानो देखि ठुलो सम्म खेलकुद क्षेत्रमा प्रेरित भएको बताउदै हामीहरुले विदेश गए पनि हाम्रो देशको नाम चम्काउनु पर्ने भन्दै आफ्नो ठाउंबाट लाग्न आग्रह गरेका छन् । यसै गरी टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलले अधिवेशनबाट नयाँ निर्वाचित हुने कार्य समितिका साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा यो बालप्रेमी खेलकुद मण्डलले उदाहरणीय काम गर्ने छ भन्ने आशा लिएको जनाए । उक्त कार्यक्रममा आफु अध्यक्ष रहदा आफ्नो कार्यकाल भित्र क्लबमा पु¥याएको सामाजिक योगदानमा सहयोग गर्नु हुने कार्य समितिका साथीहरु, अग्रज सल्लाहकार लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।

    साथै टोखा नगरपालिका वडी नं २ का वडा अध्यक्ष धर्मेद्र श्रेष्ठ, भुपु उपमेयर ज्ञानमाया डंगोल , निर्विरोध नव निर्वाचित अध्यक्ष राम डंगोल र सुरेस श्रेष्ठ लगायतले बोल्दै आगामी दिनमा बालप्रेमी खेलकुद मण्डलले सफलतामा फड्को मार्न सक्ने बताएका छन् ।

    यसै गरी कार्य समितिमा रहेका सम्पूर्ण टिम लगायत खेलाडीलाई सम्मान पत्र प्रदान गरेको थियो भने अधिवेशनमा निर्विरोध निर्वाचित हुने अध्यक्ष पदमा श्री राम डंगोल , वरिष्ठ उपाध्यक्ष जय कुमार श्रेष्ठ , उपाध्यक्ष नविन श्रेष्ठ , सचिव विशाल डंगोल, सह सचिव प्रेमलाल डंगाल , कोषाध्यक्ष अर्जुन श्रेष्ठ र सदस्यहरु सरोज डंगोल , दिचेन श्रेष्ठ , अमर श्रेष्ठ ,समीर डंगोल,रबिना श्रेष्ठ , सुमित्रा डंगोल र रजनी डंगोल रहेका छन् भने उक्त कार्यक्रम जय कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै