• TOKHA LIVE

    • १७ भाद्र २०७९, शुक्रबार २१:४१

    स्थानीय स्काउट काठमाडौँ महानगरपालिकाद्वारा संचालित हरितालिका तीज सेवा शिबिर सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ १७,२०७९

    नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँ महानगरपालिकाद्वारा संचालित पशुपतिनाथ मन्दिरमा हरितालिका तीज सेवा शिबिर सम्पन्न भएको छ।

    काठमाडौ महानगरपालिका स्थानीय स्काउट संयोजक कार्यक्रमका सभाध्यक्ष बिमला श्रेष्ठ, प्रमुख अतिथि काठमाडौं महानगर शिक्षा अधिकारी प्रमुख राम प्रसाद सुवेदी, विशेष अतिथि नेपाल स्काउट बागमती प्रदेश संयोजक शिव राम अर्याल, अतिथि बागमती प्रदेश सदस्य संगिता मिश्र, नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक बिजया श्रेष्ठ, लिला श्रेष्ठ, शुशिला कुमारी बिष्ठ,सुरज खनाल,शिव राज खनाल, रञ्जन लाल श्रेष्ठ रहेको थियो।

    तिज र शिवरात्रि शिविर सञ्चालन गर्दै आएको नेपाल स्काउटले यो सालमा पनि पशुपतिनाथ मन्दिरमा एक रात क्याम्प बसि रोभर रेञ्जरहरुले सर्भिस गरेको थियो। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरबाट सेवा सर्भिस आयोजना गरेको थिएन। यसपटक भने तिज सेवा सर्भिस स्थानीय स्काउट काठमाडौं महानगरपालिकाबाट आयोजना गरि काठमाडौं महानगर भित्रको क्यूका रोभर रेञ्जरहरलाई पहिलाको जस्तै एक रात क्याम्प राखि रातको ३ बजे देखि पशुपतिनाथ मन्दिरमा सेवा सर्भिसमा खटाइएको थियो।

    त्यस्तै सिद्धि गणेश क्यू,यूनिक क्यू,इलेक्फर क्यूका रोभर रेञ्जरहरुले ट्राफिक सर्भिस गरेका थिए ।भने मछिन्द्र क्यू, जेभियर्स क्यू, यमानगर क्यू लगायत बिभिन्न क्यूका रोभर रेञ्जरहरुले मन्दिर भित्र सेवा प्रदान गरेका थिए ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगर प्रहरी, पशुपति बिकास क्षेत्रका कर्मचारी श्रीशक्ति महिला समुहले पनि सेवा सर्भिस गरेको थियो।र साथमा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी प्रमुख राम प्रसाद सुवेदीले सर्भिसमा खटेका रोभर रेञ्जरहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन गरीएका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै