• TOKHA LIVE

    • १४ भाद्र २०७९, मंगलवार २०:०८

    नेपालले केन्याविरुद्धको सिरिज जित्यो

    टाेखालाइभ डट कम/ भदौ १४,२०७९

    नेपालले पहिलो पटक केन्या भ्रमणमा रहेको केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको छ । मंगलबार जिमखाना क्लब मैदानमा भएको शृङ्खलाको निर्णायक खेलमा पाहुना टोलीले ३१ रनले जित निकाल्दै सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय मद्दतमा १ सय ७५ रन बनाएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको हो ।

    नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो ।
    केन्याको सुरुवात निकै खराब रहँदा नेहेम्याह ओधियाम्बो र शेम न्गोचेले मात्र क्रमशः ३७(२२) र ३३(१८) रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, करण केसी र आदिल आलमले समान १–१ विकेट लिए ।

    कोलिन्स ओबुया र इरफान करिमले पनि स्ट्राइक रेट बराबर भए पनि २३ र २८ रन जोडे। नेल्सन ओडिआम्बोले पनि अन्तिममा १३ रन बनाए ।

    यसअघि पहिलो इनिङमा ज्ञानेन्द्र मल्लको अर्धशतकीय योगदानमा नेपालले पहिले ब्याटिङ रोजेर १७५ रनको विशाल स्कोर बनाएको थियो। मल्लले पहिलो र दोस्रो विकेटका लागि अर्जुन साउद (२९) र दीपेन्द्र सिंह ऐरी (२२) सँग क्रमशः ६५ र ४० रनको साझेदारी गरे भने ५९ (४४) पाँच चौका र दुई छक्का प्रहार गर्दै फर्किए।

    केन्यालाई रोहित पौडेलले मात्र २५ बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाएका थिए ।

    केन्याका लागि नेहेम्याह ओधियाम्बो, शेम न्गोचे र व्राज पटेलले समान २–२ विकेट लिए । लुकास ओलुओचले पनि एक विकेट लिए।photo/criknepal

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै