• TOKHA LIVE

    • १२ भाद्र २०७९, आईतवार १७:३६

    काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना

    टोखा लाइभ । २०७९ भदौं १२ गते ।

    काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ।

    नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।

    महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ।
    महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।

    मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन् ।काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै