टोखा लाइभ।२०७९ भदौं ९ गते।
काठमाण्डौको मखन टोलमा स्थापित विशाखा ग्यालरीको औपचारिक शुभारम्भ आज भएको छ । आयोजक आफै पनि त्यहीं जन्मिएका र हुर्केका अनि मखन टोल काठमाण्डौको कलात्मक इतिहास भएको स्थान भएकाले ग्यालरीको लागि सो स्थान चयन गरिएको कुरा ग्यालरीका संस्थापक, कलाकार तथा क्यूरेटर श्री सुजनसिद्धि बज्राचार्यले जानकारी गराएका छन् ।

नेपाली चित्रकलाका विभिन्न स्थापित र नवप्रतिभाहरुका बारे जानकारी, तिनका सिर्जनाका आयामहरुका बारे जानकारी, प्रदर्शन, प्रवद्धर्न र प्रचारप्रसारमा सो ग्यालरीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।
सो ग्यालरीमा अग्रज चित्रकार स्व. मानिकमान चित्रकारका उत्कृष्ट कलाकृतिहरुका साथै अहिलेका व्यावसायिक चित्रकारहरु एरिना ताम्राकार, आशा डंगोल, विभूविक्रम पन्त तथा सुजनसिद्धि बज्राचार्य शैलीराना विष्टका कलाकृतिहरु प्रदर्शनमा रहनेछन् ।
२०७९ भाद्र ९ देखि ११ गतेसम्म कलाप्रदर्शनी विहान १० बजेदेखि ५ बजेसम्म जारी रहने छ । त्यसपछि पनि ग्यालरी सार्वजनिक अवलोकनका लागि खुला रहने छ जहाँ विभिन्न अरु कलाकारका कृतिहरु पनि प्रदर्शन हुने छन् ।

