• TOKHA LIVE

    • ९ भाद्र २०७९, बिहीबार १८:१२

    नख्खु कारागारका कैदी उपचार गर्न लगिए लगत्तै भागेपछी कारागार प्रमुख हटाइए

    टाेखालाइभ डट कम/ भदौ ८ ,२०७८

    काठमाडौं । नख्खु कारागारका कैदी उपचार गर्न लगिए लगत्तै भागेपछि नख्खु कारागारका कार्यालय प्रमुख सुवासकुमार लामिछानेलाई हटाएको छ। साथै उक्त घटनाबारे छानविन गर्न समिति समेत गठन गरिएको छ ।आँखा जाँचका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएका कैदी पिल्पुङ गाउँपालिका–२ रामेछापका ३१ वर्षीय भोला बुढाथोकी आज बुधबार दिउँसो करिब सवा ४ बजेतिर फरार भएका थिए ।फलोअपको लागि अस्पताल लैजाँदा उनी भागेका हुन् । उनको एक हातमा हतकडी रहेको थियो ।

    कैदी उपचार गर्न लगिए लगत्तै भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रमुख छामिछानेलाई हटाएर प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी घटनामाथि छानविन प्रक्रिया अगाडि बढाइएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिलेदेखिनै उपचार हुँदै आएको थियो ।

    कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट नलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै