• TOKHA LIVE

    • २४ श्रावण २०७९, मंगलवार १०:२०

    आजको मौसम : यी क्षेत्रमा वर्षाको आँकलन

    टोखा लाइभ । २०७९ साउन २४ गते ।

    काठमाडौं। आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै