• TOKHA LIVE

    • १८ श्रावण २०७९, बुधबार ०९:१८

    टाउको र दिमाग जोडिएका जुम्ल्याहा वालक २७ घण्टाको शल्यक्रियापछि सफलतापूर्वक अलग

    टोखा लाइभ ।साउन २०७९ , १८ गते ।

    ब्राजिलमा टाउको र दिमाग जोडिएर जन्मिएका जुम्ल्याहा वालकलाई तीन वर्षपछि २७ घण्टाको शल्यक्रिया गरेर सफलतापूर्वक अलग गरिएको छ ।

    ओेमजी बुलेटीनका अनुसार ‘भर्चुअल रियालिटी टेक्नोलोजी’ भनिने उच्च प्रक्रितिको प्रविधि प्रयोग गरेर सफलतापूर्वक अलग गरिएको हो । मेडिकल टोलीले ‘यस प्रकारको सबैभन्दा जटिल शल्यक्रिया’ भनेर वर्णन गरेपनि टोली सफलता पूर्वक अलग गर्न सफल भयो ।

    तीन वर्षका बालकहरू बर्नाडो र आर्थर लिमा अब पहिलो पटक एक अर्काको अनुहारमा हेर्न सक्ने भएका छन् । उनीहरूलाई अलग गर्नको लागि नौ वटा शल्यक्रिया गरिएको थियो र त्यसकोलागि कुल २७ घण्टा लागेको ओेमजी बुलेटीनले उल्लेख गरेको छ ।

    जुम्ल्याहाहरू सन् २०१८ मा उत्तरी ब्राजिलको रोराइमा राज्यमा टाउको र दिमाख जोडिएर जन्मिएका थिए । यस्ता जुम्ल्याहालाई चिकित्सकिय भाषामा ‘क्रेनियोपागस ट्विन’ भन्ने गरिन्छ । यसलाई चिकित्सा क्षेत्रमै अत्यन्त दूर्लभ मानिएको छ । यि जुम्ल्याहा दाजुभाईले अधिकांश समय ब्राजिलको रियो दि जेनेरियो स्थित अस्पतालमा बिताएका छन् ।

    “हामी चार वर्षदेखि अस्पतालमा बस्दै आएका थियौं,” जुम्ल्याहा वालककी आमा एड्रीली लिमाले छुट्टिएपछि आँसु झार्दै भनिन्।

    यो प्रक्रिया लन्डनमा रहेको स्वास्थ्य परोपकार संस्था जेमिनी अनट्वाइन्डको सहयोगमा गरिएको थियो । यो संस्थाले यस घटनालाई ‘अहिलेसम्मको सबैभन्दा चुनौतीपूर्ण र जटिल विभाजन” को रूपमा वर्णन गरेको थियो । वालकहरूले धेरै महत्त्वपूर्ण रक्त वाहिका (ब्लड भेसल) हरू साझा गरेको चिकित्सकहरुले बताएका छन् ।

    रियो द जेनेरियोको पाउलो निमेयर स्टेट ब्रेन इन्स्टिच्युटका न्यूरोसर्जन गेब्रियल मुफारेजले भने “दुबै वालकको मृत्युको उच्च जोखिम रहेको अवस्थाको पनि सबैभन्दा गम्भीर र कठिन संस्करण थियो । ज्यादै जतिल प्रक्रियाको शल्यक्रिया गरिएको थियो ।”

    “यो निस्सन्देह रुपमा मेरो पेशागत जिवनको सबैभन्दा जटिल शल्यक्रिया थियो” उनले थपे “सुरुमा, कसैले पनि उनीहरू बाँच्नेछन् भन्ने सोचेका थिएनन्। यो अहिलेनै ऐतिहासिक घटना भैसक्यो किनकि ती दुबैलाई बचाउन सकियो ।”

    उनीहरूले सामान्य जीवन बिताउन कति हदसम्म सक्षम हुनेछन् भन्ने आफूहरुलाई हाल थाह नभएको मुफरेजले बताएका छन् । जुम्ल्याहाहरू निको हुन अझै लामो समय अस्पतालमा पर्खिनुपर्नेपनि उनले उल्लेख गरेका छन् ।

    जुम्ल्याहाको ९ वटा शल्यक्रिया गरिएको थियो । गत जुन ७ मा १३ घण्टाको शल्यक्रिया र त्यसको भोलिपल्ट २३ घण्टाको शल्यक्रिया गरिएको हो । उनीहरुको पटक पटक शल्यक्रिया भएको थियो ।

    जेमिनी अनट्वाइन्डले जारि गरेको एक विज्ञप्ति अनुसार शल्यक्रियाकालागि करिब १०० कर्मचारी समावेश थिए । मेडिकल टोलीका सदस्यहरूले जुन ७ र ९ मा अत्याधुनिक भर्चुअल रियालिटी प्रणालीको सहयोगमा शल्यक्रियाको अन्तिम चरणको तयारी गरेका थिए ।

    मेडिकल स्टाफद्वारा जारी गरिएका तस्बिर र भिडियोहरूमा वालकहरूलाई शल्यक्रियापछि अस्पतालको ओछ्यानमा छेउछाउमा सुतेको, आर्थरले आफ्नो भाइको हात छोएको देखाइएको छ।

    source-Rtvslo via omgbulletin.com

    Facebook Comments

    छुटाउनुभयो कि? सबै