टोखा लाइभ । २०७९ साउन १५ गते ।
काठमाडौंमा आइताबर बिहान भूकम्पको धक्का महसुस गएको छ। बिहान सवा ८ बजे खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो। हालसम्म भूकम्पबाट केही घरहरू भत्केको र अन्य क्षतिको विवरण प्राप्त भएको छैन।

