• TOKHA LIVE

    • १५ श्रावण २०७९, आईतवार ०९:०६

    आज खीर खाएर श्रावण १५ मनाइँदै

    टाेखालाइभ डटकम/श्रावण १५,२०७९

    आज काठमाडौँ उपत्यकासहित देशभर खीर खाएर मनाइँदै छ । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा  छ ।  साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने सङ्क्रान्तिमा खीर खाने गर्दछन् ।

    गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खास गरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा , मदिरा सेवन नगरी व्रत बस्ने तथा आँप, नास्पाती ,भूइँकटहर लगायतका फलफूल खाने चलन छ । साउन १५ का दिनलाई खिर खाने दिनको रूपमा चिनिन्छ । साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनको लागि पनि दूधबाट बनेको खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । वर्षा समयमा विभिन्न सङ्क्रमण रोग लाग्ने गर्दछ । जस कारणले यस्ता रोगहरू नलागोस् तथा रोगको सङ्क्रमण नहोस् भन्नका लागि खिर खाने गरेको पाइन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै