• TOKHA LIVE

    • १२ श्रावण २०७९, बिहीबार ०३:५१

    यु २० साफ: लगातार दोस्रो जितसंगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित

    टोखा लाइभ ।२०७९ साउन १२ गते।

    काठमाडौ । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

    बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो।

    नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे ।

    जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।

    आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसंगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ । अब नेपालले तेस्रो खेल ३१ जुलाईमा भारतसँग खेल्दैछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै