• TOKHA LIVE

    • ९ श्रावण २०७९, सोमबार ०९:५२

    सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

    टाेखालाइभ डट कम / श्रावण ९

    काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ ।
    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पछिल्लो एक महीना यताको ठूलो भूकम्प हो। यसअघि असार ९ गते कास्की केन्द्रविन्दु भएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै