• TOKHA LIVE

    • ५ श्रावण २०७९, बिहीबार २०:३८

    टेक्सास कलेजमा रोवोटिक्स प्रतियोगिता हुने

    टाेखालाइभ डट कम/श्रावण ५,२०७९

    काठमाडौँ। चाबहिल मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल कलेज र जिविएस टिमको आयोजनामा रोवोटिक्स प्रतियोगिता हुने भएको छ । शनिबार टेक्सास कलेजमा हुने उक्त प्रतियोगीताको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । १५ टोलीको सहभागीता रहने सो प्रतियोगिताको विषय Surveillance and Rescue ‘निगरानी र उद्धार’ रहेको जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा जिविएस टिमका फाउण्डर यज्ञप्रसाद देवकोटा, टेक्सास कलेजका भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, कलेजका आइटी हेड सुमन थपलिया लगायतले प्रतियोगिताका वारेमा जानकारी गराएका थिए । प्रतियोगिताको मूख्य उदेश्य नै रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु हो ।ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिता निगरानी र उद्धार अभियान नेपालमा नै पहिलोपटक हुन लागेको जानकारी दिदै सामूहिक सिकाईलाई प्राथमिकता दिएर प्रतियोगिताको आयोजना गर्न लागिएको हुँदा त्यहा प्राविधिक क्षमता र रोबोटिक्सका वारेमा ज्ञान तथा अनुभव आदान प्रदान पनि हुने जानकारी गराइएको थियो ।

    प्रतियोगिताको बिषय FPV क्यामेरा प्रयोग गरी निगरानी र पीडितको पहिचान पछि खाना र औषधी उपलब्ध गराउने रहेको छ । प्रतियोगिता सम्पूर्ण सहभागीका लागि सिकाईको उत्कृष्ट माध्यम बन्ने र नविन सोचको विकास गर्ने स्थान बन्ने आयोजकको विश्वास रहेको छ । पैदल हिडेर जान नसकिने स्थानमा पनि रोबोट पुग्न सक्छ जसको कारण क्षतीको प्रकृति र गम्भिरता अध्ययन गर्न सहज हुन्छ । सो प्रतियोगितामा रोबोटहरुले विभिन्न भु भागहरु र कठिनाईहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ, आदि पार गर्न सक्षम हुनुपर्छ ।प्रतियोगितामा बिजेता हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उप बिजेता हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बिजेता र उप बिजेता बाहेक सहभागी अन्य टोलीले रिडेम्सनको मौका पाउने र ५ हजार रुपैयाँ जित्न सक्ने जानकारी दिदै सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने जानकारी गराइएको थियो ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै