• TOKHA LIVE

    • ५ श्रावण २०७९, बिहीबार २०:०१

    काठमाडौँमा  ७ दिनसम्म फोहोर नउठ्ने

    टाेखालाइभ डट कम/साउन ५,२०७९

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनसम्म फाहोर नउठाउने भएको छ । वुधबार महानगरले एक सूचना जारी गर्दै यस्तो बताएको हो । उपत्यकाको फोहोर फाल्ने बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने जनाएको हो । एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई बाहिर नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरले आग्रह गरेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै