टाेखालाइभ डट कम/श्रावण ३,२०७९
काठमाण्डौं । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंका विभिन्न स्थानमा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ ।यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन प्रहरी र स्थानीयले थप अध्ययनका लागि खानी विभागका मानिसलाई खबर गरेका छन् । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो

