• TOKHA LIVE

    • २७ असार २०७९, सोमबार १७:१३

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार लगायत इतिहास शिरोमणि आचार्य पुरस्कार कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम/

    असार २७,२०७९

    काठमाडौं/नेपाल सरकारकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोट पुरस्कार,भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार लगायत यो बर्षदेखि इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेको थियो। नेपाल सरकारको तर्फबाट भाषा, साहित्य,कला, संस्कृति, संगित,नाटक, इतिहास,गायन क्षेत्रमा विज्ञ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले समान गर्न पाउनु राष्टको गौरवको विषय रहेको प्रधानमन्त्री देउवाले बताए। महाकवि देवकोटा पुरस्कार, इतिहास शिरोमणि पुरस्कार ,साहित्य कला सास्कृतिक कला अझ अगाडि बढाउन शुभकामना दिइ यस्ता कार्यक्रमका लागि नेपाल सरकारको तर्फबाट सधैं साथ प्रेरणा रहेको प्रधानमन्त्री देउवाले बताए। मुलुकलाई श्रीवृद्धिमा राख्नु भएकोमा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका संस्थाहरुलाई धन्यवाद दिए, सँगै हरेक राष्ट्रको पहिचान भनेको त्यस देशको संस्कृति ,कला ,भाषा साहित्य ,इतिहास रहेको र नेपालको मौलिक यिनै विधाहरुलाई अन्तर्राष्ट्रियमा पनि सम्मान गरेको उहाँले बताउनुभयो। यसैबर्ष मात्र सम्मान भएको इतिहास शिरोमणी बाबुराम आचार्य पुरस्कारलाई पनि सम्मान गर्न पाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले खुसी व्यक्त गरे। भने यस्तो समान कार्यक्रम प्रत्यक बर्ष दिवंगत संस्थाहरुलाई सम्झदै मनाउदै आएको यथावत नै छ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विभिन्न राष्ट्रिय पुरस्कार समान कार्यक्रममा ४३ जनालाई नेपाल सरकारको तर्फबाट ९ प्रकारका पुरस्कार दिइ ताम्रपत्र प्रदान गरि समान गरिएको हो। यस वर्ष संस्कृति विधातर्फ बागमती प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएकाेमा छनाेट समिति तथा यसै क्रममा आदरणीय गुरुद्वय प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिराेमणी बाबुराम आचार्य पुरस्कार र डा. रमेश कुमार ढुङ्गेललाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको थियो

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै