• Sanu Raj Dangol

    • २७ असार २०७९, सोमबार ०७:३४

    ‘नेपाली क्यारिकेचर २०७९’ कार्याशाला तथा प्रदर्शनी नेपाल ललितकला प्रज्ञा-प्रतिस्थानमा सुरु

    टाेखालाइभ डट कम/ असार २७,२०७९

    काठमाडौं ।नेपाली क्यारिकेचर २०७९ कार्यशाला तथा प्रदर्शनी’ आइतबार देखि नेपाल ललितकला प्रज्ञा प्रतिस्थानमा
    सुरु भएको छ।

    नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले संयुक्तरूपमा आयोजना गरेको’ नेपाली क्यारिकेचर २०७९ कार्यशाला , प्रदर्शनी’ उद्घाटन समारोह नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले उद्घाटन गर्नुभएको थियोे।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा नेपाली क्यारिकेचर–२०७९ को आज (आइतबार) नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच औपचारिक रूपमा सुरु गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य,बिशिस्ट अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख रमेशनाथ खनाल,बिशिस्ट अतिथि गोपाल चित्रकार ,विशिष्ट कलाकार अशोकमान सिंह चित्रकार, शुष्मा राजभण्डारी, कार्टुनिष्ट क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठ, वर्तमान अध्यक्ष बासु क्षितिजलगायत कलाकारको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले व्यंग्यचित्रको अर्को पाटोका रूपमा रहेको क्यारिकेचरमा विशेषतः अनुहारको व्यंग्यात्मक हाउभाउ प्रस्तुत गरिने बताए। उनले क्यारिकेचर बिना कार्टुन सम्भव नहुने बताउदै नेपालमा क्यारिकेचरको महत्त्व पछिल्ला दिनमा झनै बढेर गएको बताए । यस प्रतिको रुचि र कलाकारिताको विशिष्ट पाटाे भएकाले यश प्रदर्शनीले सबैलाई अभिप्रेरित गर्ने बिश्वास व्यक्त गर्दै प्रदर्शनी सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव प्रती हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्टुनिस्ट क्लबले गत पुस (२८–३० गते) मा महिला कलाकार केन्द्रित गरी सञ्चालन गरिएको क्यारिकेचर कार्यशालाका उत्कृष्ट २१ क्यारिकेचरलाई प्रदर्शनीमा समावेश गरिएको छ।

    कार्यक्रमको संयोजन कार्टुनिस्ट क्लब अफ नेपालका उपाध्यक्ष देवेन्द्र थुम्केलीले गरेका थिए ।

    असार २६,२७ र २८ गतेसम्म चल्ने यो प्रदर्शनी ललितकला प्रज्ञा प्रतिस्थान नक्सालमा नेपालको सामाजिक , कलाकर्मी ,चलचित्रकर्मि, साहित्य, खेलकुद क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वका कार्टुन चित्र राखिएको छ ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको आयोजनामा भएको सो प्रदर्शनीमा ४२ जना क्यारिकेचरिस्टका ४७ क्यारिकेचर राखिएको छ ।

    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख रमेशनाथ खनालले कसैको मुहारलाई हुबहु उतारेर अतिरन्जना गर्नु क्यारिकेचर हुने उल्लेख गर्दै कार्टुन कलाभित्र तिखो व्यङ्ग्यको रुप भएको बताए ।उनले नेपालमा प्रताप मल्लकै समय देखि गाइजात्राका अवसरमा आफ्नै ढंगले दिवगत आत्माको शान्तिका लागि भनेर अनेक हाउभाउ देखाएर जुन प्रदर्सन गर्दै शहरका गल्ली – गल्लीमा हिडिन्छ त्यो नै क्यारिकेचर हो भन्ने गरिन्छ हाम्रो सन्दर्भमा! तर नेपालमा अरु परिस्कृत रूपमा मुहार क्यारिकेचरको विकास भने नाफा र नेपाल कार्टुनिस्ट क्लबको सार्थक प्रयासबाटै सुरुवात भएको बताउनुभयो ।

    कार्टुनिस्ट क्लब अफ नेपालका पुर्व अध्यक्ष अविन श्रेष्ठका अनुसार कलाका अनेकौं विधामध्ये कार्टुन तथा क्यारिकेचर कला फरक र अनौठो विधा हो । क्यारिकेचर कुनै एउटा अतिरञ्जित व्यक्तिचित्र मात्र नभई कलाको गम्भीर र भावप्रधान विषय भएको पनि उनको कथन छ ।अविनका अनुसार कार्टुन चित्र बनाउँदा अर्काको अधिकारमा आघात नपुगोस् भन्नेतर्फ पनि सचेत हुनुपर्छ, ‘अतिरञ्जना गर्दा कसैको धार्मिक आस्था, कसैको शारीरिक दुर्बलता, कुनै जाति विशेषको जातिगत भावनाजस्ता विषयको खिल्ली उडाएको जस्तो पनि देखिनु हुँदैन । क्यारिकेचर बनाउँदा कलाकार सधैं यस्ता विषयमा सजग हुनुपर्दछ ।’

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपालमा क्यारिकेचर कार्टुन कला दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको बताएका छन् । कर्माचार्यका अनुसार समसामयिक घटनालाई कार्टुनिस्टले सचेतनामूलक कार्टुन बनाएर पत्रिकामा पस्किएका हुन्छन् । ती कार्टुनहरू चाख मानेर पढ्ने गरिन्छ ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली क्यारिकेचर प्रदर्शनी २०७९मा सहभागीता जनाउनु हुने ४२ जना क्यारिकेचरिस्टलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    नेपाली क्यारिकेचर २०७९ कार्याशाला तथा प्रदर्शनीमा चित्रकारहरुमा किरण मानन्धर,के के कर्माचार्य,रमेशनाथ खनाल,केशवराज खनाल,कार्टुनिष्ट अविन श्रेष्ठ,एन बि गुरुङ ,सुश्मा राज भण्डारी ,जीवन राजोपाध्याय,नारद मणि हार्तम्छाली ‘ कलाङ’को
    क्यारिकेचर राखिएका छन् ।भने कलाकारहरुमा सुनिल पोखेरेल,मदन कृष्ण श्रेष्ठ ,हरिवंश आचार्य,
    राजाराम पौडेल, बालेन्द्र शाह,केदार घिमिरे ,भुवन केसि,सन्तोष पन्त, विपिन कार्की, दयाहाङ राई, सुनिल थापा
    क्यारिकेचर समावेश छन् ।त्यस्तै पत्रकार ऋषि धमला, किसोर नेपाल , कृष्णसेन इच्छुक ,खगेन्द्र सङ्ररौला बैकर अनिल केशरी शाह , साहित्यकार बसन्त चौधरी, गाएक अमृत गुरुङ , स्व.नारायण गोपाल , संस्कृतिविद् सत्यमोहन जोशी ,खेलाडी रोहित चन्द,गायक रबिन तामाङ , धरानका मेयर हर्क साम्पाङ , लगायतका व्यक्तित्वका क्यारिकेचर युक्त कार्टुन चित्र राखिएको छ । उनीहरूको कार्टुन चित्र निकै आकर्षक र व्यंग्यप्रधान छन्।

    यसपटकको प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, योगेश खपांगी, केशवराज खनाल, रवीन्द्र मानन्धर, रवि मिश्र, दीपक गौतम, , भानु भट्टराई, उमेशचन्द्र अधिकारी, सागर शाह, राजेश मानन्धर,अकृन अधिकारी , रामकृष्ण थापा,महेश बस्ताकोटी ,बिश्व थापा ,सानुराज डंगोल ,दिनेश प्रधान, एनबी गुरुङ,सुदर्शन सिग्देल ,रामहरि रिमाल,सुजिता महर्जन, रमिला महर्जन, वामन चालिसे,एलिना पोखरेल,अनिशा भण्डारी ,प्रकाश थापा,अर्पिता शाक्य,चाँदनी जोशी ,दिभ्या श्रेष्ठ ,ज्योत्सना उदाश,किर्ती तिमल्सिना, मनरा प्रजापति ,निरुता राजभण्डारी , पल्पसा मानन्धर ,प्रतिभा चौधरी ,राजकी अर्याल ,सदिश्री थापा,सोना नेपाली , सुश्रीना शाक्य र स्वस्तिका बलामीले तयार गरेका कार्टुन चित्रहरू सहभागी छन् ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै