• TOKHA LIVE

    • २३ असार २०७९, बिहीबार १७:२१

    आज देशभर थपिए कोरोनाका ७८ जना नयाँ संक्रमित

    टाेखालाइभ डट कम/ असार २३
    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो ।
    हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    Facebook Comments

    छुटाउनुभयो कि? सबै