टाेखालाइभ डट कम/असार २२, २०७९,
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै संसदीय छानबिन समितिलाई सहयोग गर्ने भन्दै शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ ।
संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

