• TOKHA LIVE

    • २१ असार २०७९, मंगलवार १६:००

    असार बिशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/असार २१,२०७९

    काठमाडौ/ मुक्तक मंच काठमाडौ शाखाले आयोजना गरेको असार विषेश मुक्तक वाचन कार्यक्रम खोज अनलाइनको कार्यालयमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुक्तक मंच काठमाडौ शाखा अध्यक्ष राजेन्द्र घिमिरे सागरको सभापतित्वमा, प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपाल, बिशेष अतिथि प्रा डा गार्गी शर्मा डा. दामोदर पुडासैनी किशोरमा संचालन भएको थियो। कार्यक्रममा पाँच जना मुक्तककारहरु रत्नप्रसाद श्रेष्ठ अनामणी, रेणु अधिकारी मौनता, तारा के सी, भवानी मैयाँ पन्त ,उत्तम बिचारका बिशेष मुक्तक वाचन गर्नुका साथै अन्य उपस्थित सबै साहित्यकार ज्युहरुले आ आफ्ना साहित्यिक रचना वाचन गर्नु भएको थियो।

     

    साथै कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न मुख्य भुमिका निभाउनु हुने साहित्यकार ,पत्रकार उमेश पाण्डेले संचालन गर्नुका साथै कार्यक्रममा असार १५ लाई सम्झंदै दही चिउराको व्यवस्था पनि गरिएको थियो। सो कार्यक्रममा पुर्व सेनानी टंक बहादुर बजगाई, शुशिला ढकाल, भगिरथ अधिकारी, गान्धारी ज्युको पनि उपस्थिति थियो। कार्यक्रममा वाचन भएका मुक्तकबारे डा. शैलेन्दु प्रकाश नेपाल र डा. दामोदर पुडाशैनी ज्युले रोचक ढंगले समालोचना गर्नु भएको थियो। आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने योजना रहेको कुरा कार्यक्रमका सभापति राजेन्द्र घिमिरेले बताउनु भयो। खोज अनलाइनबाटं

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै