• TOKHA LIVE

    • १९ असार २०७९, आईतवार १९:२२

    काठमाडौँ मोडेल स्कुल (केएमसी)मा कर्मचारीको मृत्यु भएपछि तोडफोड, छानबिनको माग

    टाेखालाइभ डट कम/असार १९,२०७९

    काठमाडौँ।  बुद्धनगरस्थित काठमाडौँ मोडेल स्कुल (केएमसी) स्कुलमा कर्मचारीको मृत्यु भएपछि तोडफोड भएको छ ।

    केएमसी स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीय कर्मचारी रमा रायमाझीको झुण्डिएको अवस्थामा मृत भेटिएपछि तनाव उत्पन्न भएको हो ।

    मृतकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गर्दै तोडफोड समेत गरेका छन् ।विगत डेढ वर्षदेखि काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

    प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । बाक्लो संख्यामा प्रहरीको उपस्थिति रहेको छ ।काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्थिन् ।आफन्तले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै