• TOKHA LIVE

    • १९ असार २०७९, आईतवार १७:१४

    मध्यपूर्वका ‘उत्कृष्ट ३० शेफ’ को सूचीमा नेपालका राहुल श्रेष्ठ

    टाेखालाइभ डट कम/असार १८,२०७९

    काठमाडौं/मध्यपूर्वका ‘उत्कृष्ट ३० शेफ’ को सूचीमा २८ वर्षीय युवा नेपालका राहुल श्रेष्ठ परेका छन्। ‘क्याटरर मिडिल इस्ट’ ले तयार पारेको उक्त सूचीमा नेपाली शेफ राहुल सूचीकृत भएका हुन्।राहुल चितवन कोइ प्रालि तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन्।

    क्याटरर मिडिल इस्टले प्रत्येक वर्ष उक्त क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने ‘फुड एन्ड बेभरेज’ पेसेवरमध्ये ३० वर्षमुनिका उत्कृष्ट ३० जना छनोट गर्दै आएको छ। क्याटरर मिडल इस्टले कनिष्ठ शेफ, रेस्टुरेन्ट, महाप्रबन्धक तथा यस क्षेत्रका सम्मानित प्रतिष्ठानहरूमा कार्यरत कार्यकारी शेफहरूलाई समेटेर उत्कृष्टको सूची तयार गर्दै आएको छ।

    राहुल अहलिे ब्यागाटेल दुबईमा सु शेफ छन्। क्याटरर मिडिल इस्टका अनुसार राहुल उत्कृष्ट स्वादका लागि प्रयोग गर्न डराउँदैनन्। उनले ब्यागाटेलको इतिहासलाई सम्मान गर्दै नयाँ ट्रेन्डका सन्तुलित मेनु बनाउन मद्दत गर्दै आएका छन्। ‘नयाँ र रोमाञ्चक स्वाद सिर्जना गर्ने राहुलको दृष्टिकोणको साक्षी हुन पाउँदा औधी खुसी लागेको छ। उनले यसलाई नियमित रूपमा अगाडि बढाउनेछन्,’ समूह कार्यकारी शेफ टिमोथी न्युटनले भने, ‘हाम्रो सु शेफका रूपमा राहु्लले हाम्रो टोलीका धेरै कनिष्ठ सदस्यहरूलाई प्रेरित गर्छन् र उनले कार्य नैतिकतालाई कहिल्यै पनि दोस्रो प्राथमिकतामा राख्दैनन्।’

    Facebook Comments

    छुटाउनुभयो कि? सबै