टाेखालाइभ डट कम / असार १२,२०७९
काठमाडौँ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुने महानगरले बताएको छ ।
महानगरपालिकाले पानीपुरी बेच्न पुर्ण प्रतिबन्ध लगाए संगै अब रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने महानगरले बताए।हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्। यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।

