• TOKHA LIVE

    • ६ असार २०७९, सोमबार ०७:३४

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    टाेखालाइभ डट कम /असार ६

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।

    निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ । यसअघि जेठ २६ गते मात्र आयल निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै