• TOKHA LIVE

      TOKHA LIVE

    • ४ असार २०७९, शनिबार २२:२७

    प्रियंका रानी मिस नेपाल २०२२

    टाेखालाइभ डट कम/असार ४,२०७९
    प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन्।
    जोशी पत्रकारिताकी विद्यार्थी हुन् उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् ।सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता पढेकी हुन् मिस नेपालको फाइनल प्रतिस्पर्धामा प्रियंकासहित आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए।
    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै