• TOKHA LIVE

    • ४ असार २०७९, शनिबार १०:२३

    रुपन्देहीको भैरहवामा नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको अगाडी सुविधासम्म होटल सुभारम्भ

    टाेखालाइभ डट कम/ असार ४,

    रुपन्देहीको भैरहवामा नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको अगाडी सुविधासम्म होटल सुभारम्भ भएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको अलावा पारिवारीक वातावरणमा गुणस्तरीय सेवा चाहनेहरुका लागि लक्षित गरी बिमानस्थलको ठ्याक्कै गेट अगाडी फोर स्टार लेवलको होटल सुभारम्भ भएको हो । युवा ब्यवसायी पोमनारायण अधिकारी सहितका व्यवसायीहरुको करीव एक अर्वको लागतमा एशियन बुद्ध होटल आजबाट अनौपचारिक रुपमा संचालनमा आएको हो ।

    क्यासिनो, हेल्थ क्लव स्पा, स्वीमिङ्गपुल सहित फोर स्टारको लागि आवश्यक पर्ने सवै सेवा सहित होटलको अनौपचारिक उद्घाटन गरिएको अधिकारीले जानकारी दिए । “८४ वटा रुम सहित पोर स्टार लेवलको लागि आवश्यक पर्ने सवै सुविधा सहित होटल शुभारम्भ गरिएको हो ।” अधिकारीले भने “अनौपचारिक रुपमा शुरु गरिएको भएपनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।” अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ७ अड्गुरीका स्थाई बासिन्दा अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेन लगायतका कुकिज तथा विस्कुटहरु नेपाली बजारमा चर्चित छन् । त्यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रा.लि.ले चाउचाउ चाउमिन, सुजी, पास्ता लगायतका खाद्यबस्तु समेत उत्पादन गर्दै आएको छ । पालिका अपडेट डटकमबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै