नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
असार १,२०७९
काठमाडौं /असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। गृह मन्त्रालयले आइतबारको बिदा खारेज भएसँगै असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो। आइतबारको बिदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको थियो।
त्यसै, अनुसार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय परिवर्तन गरिएको छ। अबका दिनमा बिहान १० : ०० देखि अपराह्न ५ :०० बजेसम्म हुने,र यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० : ०० बजेदेखि अपराह्न ४ : ०० बजेसम्म कार्यालयमा हुनु पर्ने बताए। त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० : ०० बजेदेखि अपराह्न ३ : ०० बजेसम्म कार्यालयमा कर्मचारी हुनु पर्ने जनाए छ।
तर गृह मन्त्रालय मन्त्रालयले जारी गरेको सूचनामा
असार १ हुनुपर्नेमा त्रुटिपूर्ण जेठ १ गते देखि हुन गएको छ भने
सहसचिव फनिन्द्रमणि पोखरेल हस्ताक्षरित सूचनामा सहसचिव हुनुपर्नेमा सहसचि/ प्रवक्ता उल्लेख गरिएको छ।

