टाेखालाइभ डट कम/जेठ ३०,२०७९
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्वडीआईजी रमेश खरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन्।
यसअघि खरेलले पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए। नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा क्षेत्र न. १ बाट विजयी भएका थिए।

