• TOKHA LIVE

    • ३० जेष्ठ २०७९, सोमबार १७:५१

    साउथवेस्टन स्टेट कलेजले शैक्षिक नेतृत्व विकास सम्बन्धि सेमिनार गर्ने

    टाेखालाइभ डट कम/जेठ ३०, २०७९

    काठमाडौ । साउथवेस्टन स्टेट कलेजले यहि असार २ गते शैक्षिक नेतृत्व विकास सम्बन्धि सेमिनार गर्ने भएको छ। काठमाडौको बसुन्धारामा रहेको साउथवेस्टन स्टेट कलेजले आयोजना गर्ने उक्त सेमिनरमा प्रशिक्षक प्रा डा.लक्ष्मण ज्ञवालीले पहिलो सेसनमा ‘टिचर प्रोफेसनल डेभलपमेन्ट फर २१ सेन्चुरी एजुकेसन’, र द्रोसो सेसनमा सहायक डिन डा. धनपति सुवेदिले ‘लिडरसिप प्रिन्सिपल अफ प्रोगेसिभ स्कुल’ सम्बन्धित विषयमा प्रशिक्षण दिने छ।

    असार २ गते विहिवारका दिन विहान साढे दस बजे देखि ४ बजे सम्म एक दिने शैक्षिक नेतृत्व विकास सम्बन्धि यो सेमिनार स्कुलका प्राचार्य तथा साहयक प्राचार्यलाई केन्द्रीत गरिएको र उक्त सेमिनरमा सहभागी हुन कुनै शुल्क नराखिएको साउथवेस्टन स्टेट कलेजका साहयक क्याम्पस प्रमुख हरिसिहं केसीले जानकारि दिनुभयो। साउथवेस्टन स्टेट कलेजले नियमितरुपमा विभिन्न प्रकारका शैक्षिक गतिविधिसंग सम्बन्धित रहेर कार्यक्रम आईरहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै