• TOKHA LIVE

    • ३० जेष्ठ २०७९, सोमबार १६:५७

    इन्दिरा जोशी भोलि विवाह बन्धनमा बॉधिंदै

    टोखा लाइभ । २०७९ जेठ ३० गते।

    काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाधिँन लागेकी छन् । उनले आइतबार इन्स्टग्राम मार्फत आगामी मंगलबार विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

    भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले इन्स्टग्राममा लेखेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

    उनको विवाह एक वर्ष अगाडि सगरमाथा क्षेत्रमा गएर इन्गेजमेन्ट गरेका फेसन डिजाइनर शरद केडियासँग हुन लागेको हो ।

    काठमाडौंको टोखामा रहेको एक अपार्टमेन्टबाट विहे हुनलागेको पारिवारिक स्रोतले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै