टाेखालाइभ डट कम/जेठ २९
काठमाडौँ– पोखरामा ३ दिने भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ।पोखराको महेन्द्रपुलस्थित आर्ट ग्यालरीमा शनिबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको हो।
पोखरा आर्ट ग्यालरीमा हिजो २८ गते नेपालका ख्याती प्राप्त प्रख्यात कार्टुनिस्टहरूको कार्टुन चित्र प्रदर्शनीको प्रमूख अतिथि नेपालका मूर्धन्य साहित्यिकार बहुआयामिक ब्यक्तित्व सरूभक्त श्रेष्ठद्धारा भब्यताका साथ उद्घाटन सम्पन्न गरेका हुन् ।

क्लबका उपाध्यक्ष देवेन्द्र थुम्केलीले भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी भोलि सोमबार ३० गते सम्म रहने जानकारी दिदै हजार शब्दले ब्याख्या गर्न नसक्ने कुरा लाई एउटा कार्टुन चित्रले ब्यक्त गर्नसक्ने बताउनु भयो। तसर्थ प्रदर्शनी हेर्न नछुटाउन अभिभावक ,स्कुल कलेजका शिक्षकहरूले आफ्ना बिद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि ठूलो मद्दत पुग्ने हुदा अबलोकनको लागि साथमा लिएर आउन अनुरोध गरेको बताए
देशमा विद्यमान भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका ३६ जना कार्टुनिस्टका ५० वटा कार्टुन प्रदर्शनमा राखिएका छन् । उक्त कार्यक्रम सेन्टर फर मिडिया रिसर्च (CMR)को सह कार्यमा ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ (CCN)ले आयोजना गरेको हो।

कार्यक्रम यहि जेठ ३० गते सम्म चल्ने आयोजकले बताएको छ। कार्टुनिस्ट क्लब अफ नेपालले यस अघि राजधानीको बबरमहल स्थित नेपाल कला परिसदमा गत वैशाख ४ गतेदेखि ६ गतेसम्म भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी गरेको थियो । यस भ्रष्टाचार बिरुद्धको कार्टुन प्रदर्शन सातवटै प्रदेशमा प्रदर्शनी गरिने नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले जानकारी दिनुभयो।


