• TOKHA LIVE

      TOKHA LIVE

    • २९ जेष्ठ २०७९, आईतवार १०:१७

    कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

    टोखा लाइभ ।२०७९ जेठ २९ गते।

    काठमाडौं। लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो ।यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ ।

    कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे ।

    नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने । ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

    खेलको २८औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४८औं मिनेटमा युसेफ दोस्रो गोल गरे । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४–० को बनाए । खेलको ५४ मिनेटमा नवयुगले गोल गर्ने मौक़ा पाएको थियो तर उनले सही दिशा प्रहार गर्न नसक्दा नेपाल गोल अग्रता लिन बाट वंन्चित भएको थियो। खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट सान्त्वना गोल गरे । नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गोल गरेको हो । सन् १९८२ को एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गोल गरेयता नेपालले सो मुलुकविरुद्ध गोल गर्न सक्ेको थिएन । यो खेलमा खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए हुन् ।

    यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन । पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ । नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै