• TOKHA LIVE

    • २४ जेष्ठ २०७९, मंगलवार ०७:०२

    बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ३८ टिम

    टाेखालाइभ डट कम

    काठमाडौं, जेठ २३।
    बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
    प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम सहभागी हुने छन् ।

    लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा ३८ टिम प्रतियोगिताका खेलहरु बसुन्धारामा हुनेछ ।
    पत्रकार सम्मेलनमा प्रिन्सिपल चापागाईंले कोभिड– १९ का कारण विद्यालय खेलकुद ज्यादै न्युन मात्रमा भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा अध्ययनरत बास्केटबल खेलाडीलाई चलायमान बनाउन केहि हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कोभिड– १९ कै कारण बीएनए कपको २ संस्करणमा पनि आयोजना नभएको जानकारी गराए ।
    प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बीएनएका संयोजक सन्तोष फुयालले जानकारी दिए । बीएनएका अध्यक्ष प्रमोद श्रेष्ठ र बास्केटबल प्रशिक्षक नारायण खवासले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । फाइनल असार १ गते हुने छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै