• TOKHA LIVE

    • २३ जेष्ठ २०७९, सोमबार १९:२४

    सातामा दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार

    टाेखालाइभ डट कम/ जेठ २३,२०७९

    काठमाडौं| सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । एक महिना नबित्दै सातामा दुई दिन विदा दिने निर्णयबाट पछि हटेको हो। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन विदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले जानकारी दिए। ‘हामीले परिक्षण काल भनेका थियौँ, तर अस्पताल र स्कूलजस्ता संस्थाहरुमा प्रभावकारी नभएकाले असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा हट्यो’, उनले भने, ‘अब पुरानै व्यवस्था कायम हुन्छ ।’ सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै