• TOKHA LIVE

    • २२ जेष्ठ २०७९, आईतवार १६:३०

    विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरीको वृक्षारोपण कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम

    जेठ २२, २०७९

    काठमाडौं ।विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरीको वृक्षारोपण कार्यक्रम सम्पन्न  भएको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा आइतबार विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो ।

    त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो ।

    यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा समेत वृक्षारोपण गरिने कार्यक्रम रहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै