नेकपा (माओवादी केन्द्र)ले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने
टाेखालाइभ डट कम
जेठ २२,२०७९
काठमाडौं|/नेकपा (माओवादी केन्द्र)ले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने भएको छ । आइतबार सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले वार्षिक एक सय रूपैयाँ उठाउने निर्णय गरेको हो । माओवादीले पार्टी सञ्चालनका लागि उक्त रकम खर्च गर्ने जनाएको छ । माओवादीले नेता तथा कार्यकर्ता गरी पार्टीमा आठ लाख हाराहारीमा सदस्य रहेको बताउँदै आएको छ ।