• TOKHA LIVE

    • २२ जेष्ठ २०७९, आईतवार १५:३२

    नेशनल प्याब्सन काठमाण्डौको पुर्ब प्राथमिक शिक्षक तालिम सम्पन्न

    टाेखालाइभ डट कम
    जेठ २०,२०७९

    नेशनल प्याब्सन काठमाडौ जिल्ला समिति तालिम बिभागबाट पुर्ब प्राथमिक तहको शिक्षक तालिम आयोजना भएको छ ।

    उक्त कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा ग्यालेक्सी पब्लिक स्कुलको सभाहलमा गरिएको थियो ।

    काठमाडौका ७० बिध्यालयका २५७ जना शिक्षकहरुको सहभागितामा स्मार्ट माईण्डका प्रमुख परशुराम एस निरौलाले एक्काइसौं शताब्दीमा कक्षा कोठामा बिध्यार्थीहरुको रुचिलाई सम्बोधन हुने किसिमको प्रभाबकारी शिक्षण सिकाई बिधि केन्द्रित तालिम प्रदान गरेका थिए ।

    ५ पाँच घण्टा सम्म संचालन भएको तालिमका २५७ जना शिक्षकहरुलाई समापन समारोहका प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुबास न्यौपानेले प्रमाण पत्र बितरण गरेका थिए ।

     

    तालिम बिभाग प्रमुख तथा नेशनल प्याब्सन काठमाण्डौका उपाध्यक्ष होम बहादुर ( मनोज) का अनुसार नेशनल प्याब्सन काठमाडौले गत तीन बर्षको अबधिमा तीन हजार शिक्षकहरुलाई यस्तै किसिमको तालिम प्रदान गरेको र यस्तो किसिमको तालिमलाई अझै प्रभाबकारी रुपमा संचालन गर्ने जानकारी दिएका छन ।

    कार्यक्रमका प्रमुख अतिथी तथा अतिथिहरुले शिक्षण सिकाईमा तालिमको महत्त्व र शिक्षकहरुको भुमिका बारे प्रष्ट पार्नुभयो।तालिम कार्यक्रम जिल्ला समितिका अध्यक्ष खडक बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै