• TOKHA LIVE

    • १६ जेष्ठ २०७९, सोमबार १२:१७

    समुत्थान्शील बस्तीको शेयर प्रमाण पत्र वितरण तथा लघु जलविद्युत,फल्चा र ढुंगेधारा शिलान्यास

    नविना श्रेष्ठ / टाेखालाइभ डट कम
    जेठ १६,२०७९

    काठमाडौं /नुवाकोट शिवपुरी गाँउ पालिका वडा न.७ मा समुत्थान्शील बस्ती प्रालिको शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्र वितरण तथा तीन वटा परियोजना लघु जलविद्युत ,फल्चा र ढुंगे धारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। समुत्थान्शील बस्तीको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा दुई चरणको गरि कार्यक्रम सम्पन्न गरेको छ।

    पहिलो चरणमा सम्पूर्ण सदस्यहरुलाई विशिष्ट अतिथि टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठले संस्थाको शेयर सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको हो।कार्यक्रमका सभापति मनिराज डंगोलले उक्त कार्यक्रमको औचित्य प्रस्तुत गर्नुका साथै गणतन्त्र दिवसको उपलक्षमा सबैमा शुभकामना दिनुहुँदै समृद्धिको स्रोत पहिचान ,संरक्षण र निर्माणको लागि सिलान्यास गरेको जानकारी दिनुभयो।

    सुखी नेपाली र समृद्ध नेपालका लागि उक्त कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँ पालिकाका वडान.७ का अध्यक्ष बिर बहादुर तामांगले ३ वटा परियोजनाको ब्यानरमा हस्ताक्षर गरि शिलान्यास गर्नु भएको थियो। प्रमुख अतिथि तामांगले निकट भबिष्य सुर्य चौरदेखि यस बस्ति तलसम्म बाटोको ट्रक खोलि सिंढी बनाउने योजना भएको बताए। यस समुत्थानशिल बस्ति लाई हार्दिक स्वागत गरि आउँदा दिनमा आफु र वडाको तर्फ बात सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। हाल सम्मको यस बस्तीले खोलेको बाटोको लाई धन्यबाद ब्यक्त गर्दै आयोजनाले यस गाउँको मुहार नै फेरिने बताए।

    कार्यक्रममा विशिष्ट अतिथिहरुमा भक्तपुर संग्रहालय तथा कला संग्रहालयका प्रमुख अरुणा नकर्मी , टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठ , हनुमान ढोका दरबार पुरातत्व अधिकृत करुणा नकर्मी , त्रि बि. का उपप्राध्यापक डा. जुनु बासुकलाले पनि शिलान्यास ब्यानरमा हस्ताक्षर गरि उद्घाटनमा सहभागी हुन भएको थियो।

    कार्यक्रममा भक्तपुर संग्रहालय तथा कला संग्रहालयका प्रमुख अरुणा नकर्मीले नेपाली शैलीको र यहाको बस्तुहरु नै नेपाली मौलिक घरहरु यस बस्तीमा बनाउनु पर्ने आफ्नो धारणा राखेका थिए।

    बस्तीलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। सोहि कार्यक्रममा यस बस्तिका सदस्य तथा पत्रकार कुमार रन्जितले गोबिन्द वियोगी प्रतिष्ठान पनि यहाँ संगै भएको र त्यहाँ देश विदेशबाट आउने प्रशिक्षार्थीहरुलाई होम स्टे खोलि स्वागत गर्नु पर्ने बताए।कार्यक्रम संचालक रत्न प्रसाद अनामानी श्रेष्ठले बसिमा दुलाहा र दुलही ढुंगा रहेको र सो को संरक्षण गर्नु पर्ने बताए। कार्यक्रममा उक्त बस्तीलाई उपयुक्त घरको डिजाइन पनि निर्माण कम्पनीले प्रस्तुत गर्नु भएको थियो।

    सम्पूर्ण अतिथि पाहुनाहरुलाई स्थानीय गुरुङ गाउँका भाई बहिनिहरुले त्यसै गाउँमा फलेको आर्गानिक र एकदम मिठो मायाले भरिपूर्ण एक एक झोला खुर्पानी उपहार दिएर न्यानो स्वागत गर्नु भएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै