• TOKHA LIVE

    • १३ जेष्ठ २०७९, शुक्रबार २०:१७

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
    जेठ १३,२०७९

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ। मेयर रेनु दाहाल दुर्घटनामा घाइते अवस्था रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचारउनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाए।दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको बताए।
    गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएको थियो।

    टाउकोमा चोट लागेपछि टाँका लगाइएको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो। टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले बताए। दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ। यसैबीच दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारिक  स्रोत बताएको  छ। दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै