• TOKHA LIVE

    • १२ जेष्ठ २०७९, बिहीबार १३:१७

    करोडौँको गाडी चढेर हिँडे खाल्डा र भत्केका सडक देखिँदैन,त्यसैले म सडकमै हिँडन चाहन्छु,-हर्क राई (साम्पाङ)

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १२,२०७९

    उपमहानगरपालिकाको महँगो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने स्वतन्त्रबाट धरानको मेयरका निर्वाचित हर्कराज राई (साम्पाङ)ले प्रतिवद्धता जनाए।

    जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए। उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका छन्। “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्ने छु, बिग्रिएका बाटो मर्मत गर्ने छु,” उनले भने

    धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर सार्वजनिक गरेका थिए। “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाईंको सेवक, जय धरान,” उनले सामाजिक सञ्जालमा मार्फत जानकारी दिएको छ।

    उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नं को आरमदायी गाडी तयारी अवस्थामा राखिदिएको थियो।भने चालक पनि तयारी अवस्थामा रहेको थियो।

    उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो। “हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरूको इच्छा हो,” अधिकृत खतिवडाले बताए।

    मंगलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिकामा पुगेका थिए। आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हिन्ने प्रमुखमा विजयी हुने वित्तिकै उनले घोषणा गरेकाे थियाे।

    प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गरेका छन्।

    लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएको हो। मंलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाए। खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको राई( साम्पाङ)ले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै