• TOKHA LIVE

      TOKHA LIVE

    • ११ जेष्ठ २०७९, बुधबार ११:३९

    काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

    टाेखालाइभ डट कम/ जेठ ११,२०७८

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । तर, गणना गर्न बाँकी मतभन्दा सुनिताले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता धेरै भएकोले उनी विजयी भइसकेकी छिन् ।मतगणना गर्न भने अझै केही हजार मत बाँकी रहेको अवस्थामा उनी विजयी भएको औपचारिक घोषणा हुनको लागि भने सबै मत गणना गर्नुपर्ने भएकोले अझै केही समय लाग्नेछ।अब काठमाडौं महानगरपालिकामा जम्मा जम्मी २२ हजारभन्दा केही बढी मत मात्र बाँकी छ र बाँकी सबै भोट रामेश्वर श्रेष्ठले पाएको अवस्थामा पनि डंगोल नै विजयी हुने सुनिश्चित भएको  छ ।

    काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै