• TOKHA LIVE

    • १० जेष्ठ २०७९, मंगलवार २२:५५

    ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरीबाबु महर्जन बिजयी

    टाेखालाइभ डट कम/जेष्ठ १०, २०७९

    काठमाडौं / ललितपुर महानगरपालिको मेयरमा पुनः नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् ।
    महर्जन स्थानीय चुनाव २०७४ सालको निर्वाचनमा मेयरमा निर्वाचित भएर चुनिएका थिए । निर्वाचन आयोगका अनुसार कांग्रेसका महर्जनले ४२,७२२ मत ल्याएर विजयी भएका हुन् ।

    चिरीबाबु महर्जनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गर्दै महर्जन पुनः मेयरमा निर्वाचित भएका हुन् । पराजित हरिकृष्ण ब्यञ्जनकारले २४,५६० मत प्राप्त गरेका छन् ।

    यसका साथै उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार मन्जली शाक्यले २५,०८५ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १८,७५२ मत प्राप्त गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै