• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार २०:३९

    नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा कलाकार विजय लामालाई पितृ शोक

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ २,२०७९

    काठमाडौं /नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा कलाकार विजय लामालाई पितृ शोक परेको छ । उनका पिताको आइतबार मनमोहन कार्डिओ थोरासिक अस्पताल, महाराजगन्जमा उपचारको क्रममा निधन भएको छ।

    पिताको निधन भएको पछि विजय लामाले सामाजिक सञ्जालमा जानकारी गराएका थिए। उनले आज बालुवाटार आफ्नै निवासमा पिताको अन्तिम बिदाइ गर्न लागिएको जानकारी दिएका छन्।पिताको निधनले दु:खी हुँदै विजय लामाले मार्मिक स्टाटस लेखेका छन् – My buddy…my mentor, my friend and an inspiration for Honest Living…my awesome BAU left us @13:15 (1:15pm) for heavenly abode!! अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत।

    करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो l मेरो आमा पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९७७ सेप्टेम्बरमा!!

    मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु l तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि! उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो। विजय लामाले पिताको मृत्यु पछि सामाजिक सञ्जालमा स्टाटस बाट जानकारी गराएका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै